+
+
Shares

वार्षिक १ करोड १५ लाख तलब भएको जागिर : तर आवेदन गर्ने कोही भएनन्

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १४:२७

अष्ट्रेलियामा मेहेनती तथा अनुभवी मानिसले निकै कमी भएको एउटा घटनाले देखाएको छ। किनकि करिब सबा करोड रुपैयाँ तलब भएको जागिरका लागि समेत कुनै योग्य उम्मेदवार फेला परेको छैन ।

समाचार अनुसार अष्ट्रेलियाको सिड्नी सहरमा मासु व्यवसाय सञ्चालन गर्दै आएका क्लेटन राइटले उक्त तलब सुविधा दिंदा काम गर्ने मानिस भेट्टाउन सकेका छैनन् । उनी आफ्नो मासु पसलमा काम गर्ने कामदारका लागि वार्षिक एक लाख ३० हजार अष्ट्रेलियन डलर अर्थात करिब एक करोड १५ लाख रुपैयाँ तलब दिन तयार छन् । तर, त्यो आकर्षक तलबमा समेत काम गर्न कसैले जाँगर देखाएका छैनन् ।

अलेक्जेन्ड्रियामा रहेको क्लोभर भ्याली मिट कम्पनी तथा राइट्स द बुचर्सको सिड्नीस्थित कम्पनीका मालिक राइट भन्छन् यो पैसाको कुरा होइन । जो मानिसहरुले यो व्यापार गरेनन् उनीहरुमाथि दशकौंदेखि बोझ परिरहेको छ र अब हामी यही कारणले पीडित छौं।

क्लेटन राइटले कम्पनीमा कर्मचारी भित्र्याउनका लागि निकै मिहिनेत तथा खर्च गरिरहनु परेको छ । उनले जागिर खोज्ने वेबसाइटमा एक पदको विज्ञापनमा मासिक ११ सय डलर खर्च गरिरहेका छन् । त्यसमा १४० भन्दा धेरै आवेदन प्राप्त भएतापनि उक्त पदका लागि एकजना पनि योग्य उम्मेदवार भेटिएनन् किनकि ती सबै आवेदन विदेशबाट आएका थिए ।

उनी भन्छन् – हामीलाई १४० आवेदन प्राप्त भएका थिए । तर तीमध्ये एउटा पनि अष्ट्रेलियाभित्र बाट थिएनन् । ती आवेदन बंगलादेश, भारत, पाकिस्तान, नाइजेरिया तथा दक्षिण अमेरिकाबाट थिए ।

उनका अनुसार ती सबै आवेदकले काम गर्न नभई अष्ट्रेलियामा प्रवेश गर्ने बाटो खोजिरहेका मात्रै हुन् । तीमध्ये केही आवेदक तथा मुस्किलले अंग्रेजी बोल्दथे र कतिलाई मासु व्यापारको बारेमा केही पनि थाहा छैन र मासु पसल वा कारखानामा काम गरेको अनुभव पनि थिएन ।

वास्तवमा अष्ट्रेलियामा पछिल्लो समयमा युवा कालिगढहरुको संख्यामा भारी कमी देखिएको छ। नयाँ पुस्ताका मानिसहरुमा व्यापार तथा सीपमूलक कामहरुमा कम रुची देखिन्छ ।

राइटका अनुसार वर्षौं अघि सेफ अर्थात् खान पकाउने जनशक्तिको क्षेत्रमा यस्तै अवस्था देखिन्थ्यो। अष्ट्रेलियामा सेफ बन्नु सजिलो थियो र धेरै मानिसहरु अष्ट्रेलिया गएर सेफको तालीम वा पढाइ गर्दथे। तर अहिले अष्ट्रेलियामा मासु काटेर तयार पार्ने अर्थात मासुको काम गर्ने दक्ष मानिसको कमी भएकोले बाहिरबाट अष्ट्रेलिया आएर तालिम लिन चाहनेलाई सिकाउने जनशक्ति पनि त्यहाँ छैनन् ।

अष्ट्रेलियाको व्यवसायिक क्षेत्र मुलुकमा कौशलको कमी भएको कुरामा चिन्तित छ। त्यसैले मासु व्यवसायी राइट मात्र यस्तो समस्या भोग्ने एक्लो अष्ट्रेलियाली व्यवसायी होइनन्। त्यहाँ ५/७ पटक एउटै पदका लागि विज्ञापन गर्दा समेत उम्मेदवारको आवेदन नपर्ने र कर्मचारी नै नपाइने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?