
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रभु बैंक लिमिटेड र होपफुल होराइजन नेपाल प्रालिले मानसिक स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी गरेका छन्।
- समझदारीपत्रमा डा. प्रकृति प्रधान र प्रभु बैंकका प्रमुख मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए।
- ग्राहकले छुट सुविधा प्राप्त गर्न प्रभु बैंकको मान्य डेबिट, क्रेडिट वा प्रिभिलेज कार्ड होपफुल होराइजनमा पेस गर्नुपर्नेछ।
३२ असार, काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई ललितपुरस्थित होपफुल होराइजन नेपाल प्रालिमा मानसिक स्वास्थ सम्बन्धी सेवामा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।
एक समारोहबीच होपफुल होराइजनका तर्फबाट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरे । उक्त समारोहमा प्रभु बैंकका प्रिभिलेज बैंकिङ प्रमुख अञ्जु बस्नेतको पनि उपस्थिति थियो ।
छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभिलेज कार्डमध्ये कुनै एक होपफुल होराइजनमा पेस गर्नुपर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4