+
+
Shares

यो वर्ष अख्तियारलाई दुई तिहाइ मुद्दामा सफलता

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विशेष अदालतका उपरजिष्ट्रार कृष्णशरण लामिछानेले साउनदेखि असार मसान्तसम्म १३० वटा मुद्दा फैसला भएकोमा ८७ वटा मुद्दामा अख्तियारको दाबी ठहर भएको बताए।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा मुद्दाको संख्याका आधारमा करिब ६६ दशमलब ९२ प्रतिशत सफलता पाएको छ।
  • रंगेहात घुस र नक्कली प्रमाणपत्रका मुद्दामा अख्तियारको सफलता बढी रहेको छ, जहाँ ३४ वटा घुस मुद्दामध्ये २८ र ३३ वटा प्रमाणपत्र मुद्दामध्ये २८ मा दोषी ठहर भएका छन्।

३२ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष दुई तिहाइ मुद्दामा सफलता पाएको छ ।

विशेष अदालतले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा फैसला भएकामध्ये दुई तिहाइ मुद्दामा अख्तियारको दाबी कुनै न कुनै रूपमा ठहर भएको छ ।

विशेष अदालतका उपरजिष्ट्रार कृष्णशरण लामिछानेले गत साउनदेखि असार मसान्तसम्म १३० वटा मुद्दा फैसला भएकोमा ८७ वटा मुद्दामा अख्तियारले गरेको दाबी ठहर भएको बताए । ४२ वटा मुद्दामा भने सबै आरोपितहरूले सफाइ पाए ।

अख्तियारले यो वर्ष मुद्दाको संख्याका आधारमा पाएको सफलता करिब ६६ दशमलब ९२ प्रतिशत हो । अख्तियारको सफलताको ठूलो हिस्सा भने घुस र नक्कली प्रमाणपत्रका मुद्दाले ओगटेको छ ।

रंगेहात घुसका ३४ वटा मुद्दा फैसला भएकोमा २८ वटामा आरोपितहरू दोषी ठहर भएका छन् ।

त्यस्तै ३३ जना विरुद्ध नक्कली प्रमाणपत्रको आरोपमा मुद्दा चलेकोमा २८ जना दोषी ठहर भएका छन् । ४ वटा सम्पत्ति शुद्धीकरणका मुद्दा भने अख्तिायरसँग सम्बन्धित छैनन् ।

रंगेहात घुस र प्रमाणपत्र बाहेक अरू मुद्दामा भने अख्तियारको सफलता आधाजस्तो मात्रै छ । निर्णयगत अनियमिततामा ५६ वटा मुद्दा फैसला भएकोमा २७ वटा मुद्दामा आरोपितहरू दोषी ठहर भएका छन्, २९ मुद्दामा सबै आरोपितहरूले सफाइ पाएका छन् । यो वर्ष फैसला भएका दुई वटा गैरकानुनी सम्पत्तिका मुद्दामा सबै आरोपितहरूले सफाइ पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?