+
+
Shares

नेकपा बहुमत निकट विद्यार्थी हडतालले विद्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते ७:१५

२ साउन, काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठनले आह्वान गरेको आम शैक्षिक हडताल कारण आज केही विद्यालय र कलेज बन्द भएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्क्र विद्यार्थी युनियन (त्रान्तिकारी) ले निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्ने र शिक्षा ऐन छिटो जारी गर्नुपर्ने लगायतका मागसहित आज एक दिन आम शैक्षिक हडताल घोषणा गरेको हो ।

हडताल घोषणा गरेका कारण काठमाडौं उपत्यकाभित्र र बाहिरका जिल्लामा विद्यालय बन्द छन् । काठमाडौंका कतिपय निजी विद्यालयले बिहीबार बेलुका अभिभावकहरूलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी गराएका थिए । केहीले भने आन्तरिक परीक्षा सञ्चालन गरिरहेकाले विद्यालय खुला राखेका छन् ।

आज रुपन्देहीका सरकारी र निजी विद्यालय तथा कलेजहरू पनि बन्द रहेको अनलाइनखबरकर्मी टोपराज शर्माले जानकारी दिएका छन् ।

कतिपयले विद्यालय तथा कलेज बन्द गरेर पढ्न पाउने हकबाट बञ्चित गराइएको भन्दै विरोध समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?