+
+
Shares

राज्यमन्त्री चौधरीको राजीनामा स्वीकृत गर्न प्रधानमन्त्रीको आनाकानी

पछिल्लो पटक मन्त्रिपरिषद् हेरफेरको अपडेट ३१ असार २०८२ मा भएको छ । जसमा संघीय मामिलामन्त्रीमा रहेका गुप्ताको नाम हटेको छ भने न्यौपानेको नाम अपडेट भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक उन्मुक्ति पार्टीले २२ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको थियो।
  • त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अरुणकुमार चौधरीले राजीनामा दिए तर हालसम्म उनको राजीनमा स्वीकृत भएको छैन।

२ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको डेढ साता भयो ।

नाउपा संसदीय दलका नेता गंगाराम चौधरीले २२ असारमै सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका थिए ।

त्यसअनुसार संसद् सचिवालयले संसद्‌मा सिट व्यवस्थापन गरेपछि नाउपाका सांसदहरू संसद्‌मा प्रतिपक्षी बेन्चमा बस्दै आएका छन् ।

पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नाउपाका तर्फबाट सरकारमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अरुणकुमार चौधरीले मन्त्री पदबाट राजीनामा दिएका थिए । तर, उनको राजीनामा स्वीकृत भएको छैन ।

यसबीचमा  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिए ।

उनको राजीनामा स्वीकृत भयो र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपानेले नियुक्ति पाएर सपथ लिएर काम सुरु गरिसकिन् । मन्त्रिपरिषद्‌मा भएको हेरफेरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले अपडेट पनि गरेको छ ।

पछिल्लो पटक मन्त्रिपरिषद् हेरफेरको अपडेट ३१ असार २०८२ मा भएको छ । जसमा संघीय मामिलामन्त्रीमा रहेका गुप्ताको नाम हटेको छ भने न्यौपानेको नाम अपडेट भएको छ ।

तर, नाउपाबाट सरकारमा रहेका मन्त्री चौधरीको नाममा केही भएको छैन । राजीनामा स्वीकृत नभएकाले वेबसाइटमा अपडेट नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीहरू बताउँछन् ।

नाउपाका नेताहरू भने मन्त्री चौधरीको राजीनामा किन स्वीकृत नभएको त्यो प्रधानमन्त्रीले नै जान्ने विषय भएको प्रतिक्रिया दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?