+
+
Shares

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन निर्वाचन आयोगलाई ताकेता

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १०:२१

४ साउन, काठमाडौं । फैसला कार्यान्वयन निर्देशनालयले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न निर्वाचन आयोगलाई ताकेता गरेको छ ।

गत बिहीबार निर्वाचन आयोगलाई पत्र लेखेर फैसला कार्यान्वयन निर्देशनालयले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गर्ने आदेश कार्यान्वयन गर्न भनेको हो ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुरक्षित गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न फैसला कार्यान्वयन निर्देशनालयले ताकेता गरेको जानकारी दिए ।

‘ताकेताको अर्थ छ । सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनको कुरा छ’, घिमिरेले भने । उनका अनुसार यसअघि नै विदेशबाट समेत मतदान गर्न पाउने कानुनी प्रावधान राख्ने गरी ऐन संशोधन विधेयक निर्वाच्न आयोगले गृहमन्त्रालयमा पठाइसकेको छ । ‘फैसला कार्यान्वयन निर्देशनालयलको ताकेतापछि फेरि आयोगले यस्तो ताकेता आयो भनेर गृहमन्त्रालयलाई भन्छ’ घिमिरेले भने ।

७ चैत २०७४ मै सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारी दिने गरी कानुनी र पूर्वाधारको व्यवस्था गर्न आदेश दिएको थियो । उक्त आदेश कार्यान्वयन हुन नसकेको भनेर निर्देशनालयले निर्वाचन आयोगलाई ताकेता गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?