+
+
Shares

केपीलाई भीम रावलको व्यङ्ग्य : सुतेको समय पनि घटाउने कि ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १०:२४

५ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेर हदको विषयमा दिएको अस्वाभाविक तर्कबारे नेता भीम रावलले व्यङ्ग्य गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका ओलीले ७० वर्षे उमेर हद लगाउने भए आफू जेल बसेको समय घटाउनुपर्ने प्रस्ताव गरेका थिए । यसै विषयलाई लिएर रावलले काम नगरी सुतेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि भन्दै व्यङ्ग्य गरेका हुन् ।

केपी ओलीसँगको विवादकै कारण एमाले छोडेका नेता रावलले राजनीतिमा आउनुअघि बाल्यकाल र बिरामी भई काम नगरेको समयावधि समेत घटाउन व्यङ्ग्यात्मक सुझाव दिएका छन् ।

‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा के.पी.बाट बैठकमा पेश भएछ’ रावलले अघि लेखेका छन्, ‘के.पी.को अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?