+
+
Shares

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु   

मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेल रहेका छन् । 

रासस रासस
२०८२ साउन ५ गते १३:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा कार्यरत मजदुर करणधर पौडेललाई करेन्ट लागेर मृत्यु भएको छ।
  • करेन्ट लाग्ने घटना चिचिला गाउँपालिका–३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थित सुरुङभित्र भएको थियो।
  • मृतक पौडेलको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको र आयोजनामा तीन हजारभन्दा बढी मजदुर कार्यरत रहेको प्रहरीले जनाएको छ।

५ साउन, सङ्खुवासभा । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको सोमबार करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेल रहेका छन् ।

सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार चिचिला गाउँपालिका–३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अरुण आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?