+
+
Shares

पर्सामा अतिक्रमणमा परेको जग्गा फिर्ता गरेर वृक्षारोपण

रासस रासस
२०८२ साउन ६ गते १६:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डिभिजन वन कार्यालय पर्साले गादीमाई साझेदारी वनको अतिक्रमणमा परेको करिब ६ हेक्टर जग्गा फिर्ता गरेर पाँच प्रजातिका १० हजार बिरुवा रोपेको छ।
  • सखुवाप्रसौनी गाउँपालिका–१ शीतपुरमा स्थानीयले साझेदारी वनको जग्गामा खेती गरेपछि वृक्षरोपणमा समस्या देखिएको छ।
  • डिभिजन वन कार्यालयले अतिक्रमणमा परेको जग्गा फिर्ता गर्न र वृक्षरोपणलाई अघि बढाउन कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

६ साउन, वीरगञ्ज । डिभिजन वन कार्यालय पर्साले  को गादीमाई साझेदारी वनको अतिक्रमणमा परेको जग्गा फिर्ता गरेर वृक्षारोपण गरेको छ ।

पर्टेवासुगौली वडा नं २ मा रहेको करिब ६ हेक्टर वन क्षेत्र सर्वसाधारणले अतिक्रमण गरेर खेती गर्दै आइरहेका थिए । डिभिजन वन कार्यालय र गादीमाई साझेदारी वनको सक्रियतामा अतिक्रमणमा परेको जग्गा फिर्ता गरेर अहिले विभिन्न पाँच प्रजातिका १० हजार बिरुवा रोपिएको छ ।

डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत मञ्जुर अहमदले स्थानीयसँग समन्वय गरेर अतिक्रमणमा भएको वनको जग्गालाई तारजालीले घेरवार गरेर वृक्षरोपण गरेको जानकारी दिए । ‘सर्वसाधारणले साझेदारी वन अतिक्रमण गरेर खेती गर्दै आइरहेका थिए, हामीले यहाँका स्थानीयसँग पटक–पटक छलफल र समन्वय गरेर मात्रै अतिक्रमणमा परेको जग्गा फिर्ता गरेर वृक्षरोपण गरेका हौँ’, उनले भने ।

सो ठाउँका कृषकले धान, मकैलगायतका विभिन्न खेती गर्दै आइरहेका थिए । सबडिभिजन वन कार्यालय रङ्गपुरका अधिकृत उज्ज्वल यादवले १० हजारभन्दा धेरै प्रजातिका सिमल, मसला ट्री, शिरिष, खमारी, अम्बालगायतका प्रजातिका बिरुवा रोपेको जानकारी दिए । ‘अहिले साढे आठ रेक्टर क्षेत्रफलमा तारजाली घेरवार गरेर वन संरक्षणलाई अघि बढाएका छौँ’, उनले भने ।

शीतपुरमा वृक्षरोपण गर्न समस्या कायमै

सखुवाप्रसौनी गाउँपालिका–१ शीतपुरमा साझेदारी वनको जग्गामा स्थानीयले खेती गरेपछि वन संरक्षणमा केही जटिलता थपिएको छ ।

सोमबार डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत अहमद र सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यशवन्त यादवसहितका स्थानीयसँग साझेदारी वन संरक्षणको विषयमा छलफलसमेत भएको थियो ।

विन्दवासिनी कोइलाभार बढनिहार साझेदारी वनका अध्यक्ष रिजवान अन्सारीले सखुवाप्रसौनी–१ शितपुरमा स्थानीयको अतिक्रणको कारणले वृक्षरोपण कार्य प्रभावित भएको बताए। ‘स्थानीयले साझेदारी वन मातहतको क्षेत्रमा खेती गर्न पाउने भन्ने खालको माग राखेकाले पनि वृक्षरोपण कार्य प्रभावित हुँदै आइरहेको छ’, उनले भने, ‘सबै निकायसँग समन्वय गरेर वृक्षरोपण र सामुदायिक वन जोगाउने कार्यलाई निरन्तता दिनेछौँ।’

डिभिजनल वन अधिकृत अहमदले वन कार्यालयले अतिक्रणमा परेका वनको जग्गा फिर्ता गरेर वृक्षरोपणको काम अघि बढाइने बताए । ‘विगतमा सर्वपक्षीय भेलामा सहमति गरेको ठाउँमा पनि डिभिजन वन कार्यालयलाई तारजाली लगाएर घेरवार गर्न रोक्ने काम भइरहेको छ’, उनले भने, ‘केही समय समन्वयको प्रयास गर्नेछौँ, सो नभएको खण्डमा वन ऐनअनुसारको आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछौँ, हामीले सबै निकायसँग समन्वय गरेर आवश्यक काम अघि बढाउनेछौँ।’

सखुवाप्रसौनीका अध्यक्ष जशवन्त यादवले भने पहिला अन्य ठाउँमा वृक्षरोपण गरेर मात्रै अहिले खेती गरेको ठाउँमा वृक्षरोपण गर्नुपर्ने माग राख्दै आएका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?