+
+
Shares

कांग्रेसका पार्टी कार्यालयहरुमा सुर्तीजन्य पदार्थ निषेध

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १८:०४

६ साउन,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका सबै तहका कार्यालयहरु धुम्रपान र सुर्तीजन्य पदार्थ निषेधको घोषणा गरेका छन् ।

कांग्रेस संस्थापक नेता बीपी कोइरालाको ४३ औं स्मृति दिवसमा बीपीकै प्रसंग सुनाउँदै देउवाले कार्यालयहरु धुम्रपान र सूर्तिजन्य पदार्थ मुक्त हुने  घोषणा गरेका हुन् ।

‘बीपी कोइरालाको निधन घाँटीको क्यान्सरका कारण भएको थियो । क्यान्सर जस्ता घातक रोगहरू प्राय: मादक पदार्थ, सूर्तिजन्य वस्तु तथा लागू पदार्थहरूको सेवनबाट उत्पन्न हुने गरेका छन्,’ देउवाले भने ।

पार्टीको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले मंगलबार गरेको कार्यक्रममा सभापति देउवाले जलवायु परिवर्तनप्रति सचेत रहनुपर्ने देउवाले बताए । हानिकारक पदार्थहरूको प्रयोगबाट बच्न र समाजमा सचेतना फैलाउन आह्वान देउवाले आव्हान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?