+
+
Shares

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते ९:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांग्रिला डेभलपमेन्ट बैंकको गत आर्थिक वर्षको खुद नाफा ६.५ प्रतिशत बढेर ५३ करोड ७० लाख रुपैयाँ पुगेको छ।
  • बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९० करोडबाट १ अर्ब ८८ करोड रुपैयाँमा घटेको छ।
  • निष्क्रिय कर्जा ३.९३ प्रतिशतबाट ५.६४ प्रतिशत पुगेको छ र बैंकले ११.६४ प्रतिशतसम्म लाभांश दिने क्षमता राख्दछ।

८ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ६.५ प्रतिशत बढेको हो । बैंकले गत आर्थिक वर्षमा ५३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ५० करोड ४२ लाख रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी सामान्य घटेको छ । यस्तो आम्दानी अघिल्लो वर्षमा १ अर्ब ९० करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १ अर्ब ८८ करोड छ । फी तथा कमिसन र अन्य सञ्चालन आम्दानी बढ्दा नाफामा योगदान पुगेको देखिन्छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १५ रुपैयाँ १० पैसा छ ।

वार्षिक रिटर्न अन इक्वीटी ९.७७ प्रतिशत छ । निष्क्रिय कर्जा केही बढेको छ । यस्तो कर्जा अघिल्लो आर्थिक वर्ष ३.९३ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा ५.६४ प्रतिशत छ।

बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा छ । गत आवसम्म वितरणयोग्य नाफा ४१ करोड ३८ लाख रुपैयाँ छ । बैंकले ११.६४ प्रतिशतसम्मको लाभांश दिने क्षमता राख्दछ । बैंकको हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ४८४ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?