+
+
Shares

त्रिभुवन विमानस्थलभित्र यसरी हुँदैछ क्षमता अभिवृद्धि (तस्वीरहरू)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रका विभिन्न पूर्वाधार निर्माण र स्तरोन्नति गर्न एसियाली विकास बैंक (एडीबी) को ऋण सहायतामा चालु आवमा कुल ४ अर्ब १५ करोड बजेट विनियोजन गरिएको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ साउन ८ गते १८:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समानान्तर ट्याक्सी वे, पार्किङ वे र नेपाल आयल निगमको डिपो स्थानान्तरणका काम जारी छन्।
  • नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अन्तर्राष्ट्रिय जहाज पार्किङ क्षमता अभिवृद्धि भइरहेको बताए।
  • एसियाली विकास बैंकको ऋणमा चालु आव ४ अर्ब १५ करोड बजेट विनियोजन गरी पूर्वाधार विकास र स्तरोन्नति गरिंदैछ।

८ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र अहिले पूर्वाधार विकासका विभिन्न काम जारी छन् ।

समानान्तर ट्याक्सी वे निर्माण सहित पार्किङ वे र नेपाल आयल निगमको डिपो स्थानान्तरणसम्मका काम भइरहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार अन्तर्राष्ट्रियतर्फ मात्र अहिले जहाज पार्किङ स्थलहरूको क्षमता अभिवृद्धिको काम जारी छ ।

यसबाहेक टर्मिनल भवन निर्माण योजना समेत छ । अहिले आयल निगमको हवाई इन्धन रहेको स्थानबाट डिपो सार्ने योजना छ । जुन साढे ६ अर्ब लागतमा नयाँ डिपो बनाउने तयारी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रका विभिन्न पूर्वाधार निर्माण र स्तरोन्नति गर्न एसियाली विकास बैंक (एडीबी) को ऋण सहायतामा चालु आवमा कुल ४ अर्ब १५ करोड बजेट विनियोजन गरिएको छ ।

जसमध्ये धावनमार्गका विभिन्न साइडमा समानान्तर ट्याक्सी वे र ह्यांगर एरिया विकासको काम हुने भएको छ । महानिर्देशक अधिकारीका अनुसार यसरी हुने कामले विमानस्थलमा थप जहाज आउने वातावरण बन्ने छ । साथै, यात्रु वृद्धि भई विमानस्थलको सेवा सुविधा र सुरक्षा समेत अभिवृद्धि हुने प्राधिकरणको भनाइ छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?