
News Summary
Generated by OK AI. Editorially reviewed.- साउन १६ गते धरान रंगशालामा 'त्रिगुट म्युजिकल नाइट' सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ।
- कार्यक्रममा स्वर, रकहेड्स, द फिरन्ते, सार्थक लामा, प्रमेश राई लगायतले प्रस्तुति दिनेछन्।
- आयोजक आकाश रावलले 'भीआइपी, फ्यानपिट र जनरल जोन स्पष्ट रूपमा छुट्याइएको छ' भनेका छन्।
काठमाडौं । साउन १६ गते धरान रंगशालामा ‘त्रिगुट म्युजिकल नाइट’ सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ ।
हस क्रिएसन्स, दृश्य : सी द अनसिन र इफ्लिक्स इन्टरटेन्मेन्ट युकेले संयुक्त रूपमा कार्यक्रम गर्न लागेका हुन् ।
कार्यक्रममा सांगीतिक समूहहरू स्वर, रकहेड्स र द फिरन्तेले प्रस्तुति दिनेछन् । यी समूहले आफ्ना चर्चित गीतमा दर्शक झुमाउनेछन् ।
‘भ्वाइस अफ नेपाल’ फेम्ड सार्थक लामा र प्रमेश राई पनि मञ्चमा उत्रिनेछन् । धराने सांगीतिक समूह आस्था एण्ड द ब्रदर्स, द क्राइसिस र दि एलाइजले पनि प्रस्तुति दिनेछन् ।
आयोजक आकाश रावल भन्छन्, ‘त्रिगुट म्युजिकल नाइट अघिल्ला कन्सर्टभन्दा धेरै फरक हुनेछ । भीआइपी, फ्यानपिट र जनरल जोन स्पष्ट रूपमा छुट्याइएको छ । कार्यक्रम सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सबै तयारी पुरा भएको छ ।’
कार्यक्रममा सहभागी हुन धरान आसपासका सहरबाट समेत दर्शक आउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4