
९ साउन, काठमाडौं । सीजी मोटर्सले जिली अटो ग्रुपसँगको सहकार्यमा इलेक्ट्रिक पिकअप ‘रिड्डारा आरडी६’ का लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ । अब ग्राहकले ९ लाख ९९ हजार रुपैयाँमात्र डाउन पेमेन्टमै यो अत्याधुनिक ईभी पिकअप आफ्नो बनाउन सक्नेछन् ।
यस अफर मार्फत सीजी मोटर्सले विद्युतीय मोबिलिटीलाई अझै पहुँचयोग्य, विश्वासिलो र सुविधा सम्पन्न बनाउने उद्देश्यलाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ ।
रिड्डारा आरडी६ मा ६३ किलोवाट आवर क्षमताको ब्याट्री, २०० किलोवाट पावर र ३८५ एनएम टर्क दिने सिंगल इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले ३ सय ७७ किलोमिटर ९एनईडीसी० को ड्राइभिङ रेन्ज प्रदान गर्छ ।
जिलीको म्याप प्ल्याटफर्ममा आधारित यो पिकअपमा इन्डिपेन्डेन्ट सस्पेन्सन जडान गरिएको छ, जसले नेपाली सडकमा अझै आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्ने छ ।
यसमा १ हजार २ सय लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक र भेहिकल टु लोड प्रविधि जडान गरिएको छ, जसले गाडीमार्फत वाह्य उपकरण चार्ज गर्न सकिने सुविधा दिन्छ । साथै, कम्फर्ट, इकोनोमी अफ रोड जस्ता ३ ड्राइभ मोड ३६० डिग्री मोड क्यामेरा, म्याट्रिक्स एलईडी हेडलाइट र ६६ प्रतिशत हाई स्ट्रेन्थ स्टिलले बनेको मजबुत बडी यो गाडीका थप विशेषता हुन् ।
यस विशेष योजना अन्तर्गत ग्राहकले आकर्षक क्यासब्याक अफर निःशुल्क एसेसोरी र ३ लाखसम्मको एक्स्चेन्ज टपअप बोनस पाउनेछन् ।
प्रतिक्रिया 4