
News Summary
Generated by OK AI. Editorially reviewed.- देशभरि हालसम्म ७८ प्रतिशत धान रोपाइँ भएको छ र कुल १३ लाख ७८ हजार ९ सय ६६ हेक्टरमध्ये १० लाख ८६ हजार १ सय ४८ हेक्टरमा रोपाइँ भएको छ।
- गत वर्षको तुलनामा रोपाइँ १३.७६ प्रतिशतले कम भएको छ र सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ।
- मधेश प्रदेशमा सबैभन्दा कम ५१.८२ प्रतिशत रोपाइँ भएको छ र यसलाई सुक्खाग्रस्त घोषणा गरिएकोले धान उत्पादन घट्ने अनुमान गरिएको छ।
११ साउन, काठमाडौं । देशभर हालसम्म करिब ७८ प्रतिशत धान रोपाइँ भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये ११ साउनसम्म १० लाख ८६ हजार १ सय ४८ हेक्टरमा रोपाइँ भएको हो ।
गत वर्षको तुलनामा झन्डै १३.७६ प्रतिशतले रोपाइँमा कमी आएको हो । प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा ९१.३८ प्रतिशत रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत रोपाइँ भएको हो ।
यस्तै गण्डकी प्रदेशमा ८४.५३ प्रतिशत रोपाइँ हुँदा बागमती प्रदेशमा ८७.१९ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी मधेश प्रदेशमा सबैभन्दा कम ५१.८२ प्रतिशत रोपाइँ भएको छ । कोशी प्रदेशमा ८०.३९ प्रतिशत रोपाइँ भएको छ ।
गत वर्ष यही अवधिमा ९२.६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । मधेसलाई सुक्खाग्रस्त घोषणा गरिएको हुँदा धान उत्पादन घट्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4