
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ अनुसार काठमाडौं क्षेत्र नम्बर २ सबैभन्दा धेरै जनसंख्या भएको निर्वाचन क्षेत्र रहेको बताएको छ।
- काठमाडौं क्षेत्र नम्बर २ मा २ लाख ६८ हजार १ सय ६९ जनसंख्या छ भने मनाङमा सबैभन्दा कम ५ हजार ६ सय ५८ जनसंख्या रहेको छ।
- भक्तपुर क्षेत्र नम्बर २ मा सबैभन्दा धेरै ४.५६ प्रतिशत जनसंख्या वृद्धिदर रहेको छ भने रामेछाप क्षेत्र नम्बर १ मा सबैभन्दा कम माइनस १.६७ प्रतिशत वृद्धिदर देखिएको छ।
११ साउन, काठमाडौं । नेपालमा १ सय ६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै जनसंख्या भएको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर २ रहेको पाइएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ मा आधारित रहेर सार्वजनिक गरेको निर्वाचन क्षेत्र अनुसार जनसांख्यिक प्रतिवेदन अनुसार सबैभन्दा कम जनसंख्या भने मनाङमा छ ।
काठमाडौं क्षेत्र नम्बर २ मा २ लाख ६८ हजार १ सय ६९ जनसंख्या छ भने मनाङमा सबैभन्दा कम ५ हजार ६ सउ ५८ मात्र छ ।
यी दुई निर्वाचन क्षेत्रले कुल जनसंख्याको ०.९ प्रतिशत र ०.०२ प्रतिशत ओगटेको देखिन्छ । जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ ।
काठमाडौं क्षेत्र नम्बर २ पछि धेरै जनसंख्या हुने अन्य निर्वाचन क्षेत्रमा रुपन्देही २ दोस्रो स्थानमा छ । भक्तपुर २ तेस्रो र चितवन क्षेत्र नम्ब २ चौथो स्थानमा छ । कम जनसंख्या हुने निर्वाचन क्षेत्रको दोस्रो स्थानमा मुस्ताङ, डोल्पा तेस्रो र रसुवा चौथो स्थानमा छ ।
बढी जनसंख्या रहेको निर्वाचन क्षेत्रमध्ये पुरुष संख्या काठमाडौं क्षेत्र नम्बर २ मा १ लाख २६ हजार ९ सय २२ छ । महिला संख्या भने रुपन्देही २ मा १ लाख ३५ हजार ६ सय २१ छ । जनसंख्या वृद्धिदर हेर्दा भने भक्तपुर क्षेत्र नम्बर २ मा सबैभन्दा धेरै ४.५६ प्रतिशत रहेको देखिन्छ ।
त्यस्तै रामेछाप क्षेत्र नम्बर १ मा सबैभन्दा कम माइनस १.६७ प्रतिशत रहेको छ । धेरै जनसंख्या वृद्धिदर हुने अन्य निर्वाचन क्षेत्रमा दोस्रोमा रुपन्देही २, काठमाडौं २ र झापा १ छन् । ऋणात्मक हुनेमा काठमाडौं १, खोटाङ १, अछाम १ र स्याङ्जा १ छन् ।
सबैभन्दा युवा उमेरको जनसंख्या रहेको निर्वाचन क्षेत्र काठमाडौं १ छ । जसमा १६–२४ वर्ष उमेर समूहका युवाको गणनाका आधारमा गरिएको हो । दोस्रो स्थानमा काठमाडौं २ र तेस्रो स्थानमा काठमाडौं ६ रहेको छ ।
प्रतिक्रिया 4