+
+
Shares

भूमि विधेयकबारे विश्वप्रकाश शर्मा भन्छन् : प्रदेशले अपनत्व नलिए कार्यान्वयन हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १२:३९

१२ साउन, काठमाडौं । नेपाली कांग्रेसकका महामन्त्री विश्वप्रकाश शर्माले भूमि विधेयक प्रदेश सरकारसँगसमेत सम्बन्धित रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथिको छलफलमा उनले भने, ‘प्रदेशले अपनत्व नलिए कार्यान्वयन नहुनसक्छ । यो विषयमा यो समितिले ख्याल गर्नुपर्छ भन्ने आग्रह गर्दछु ।’

विपक्षी दलहरूले समेत यो विधेयक प्रदेश र स्थानीय तहसँग सम्बन्धित रहेको भनेर प्रश्न गरिरहेका बेला कांग्रेस महामन्त्री शर्माले प्रदेशले अपनत्व लिने वातावरण बन्नुपर्ने बताएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राजकिशोर यादव पनि प्रस्तावित भूमि विधेयकले संविधानको मर्म र भावनालाई आत्मसात् नगरेको बताउँछन् ।

सोमबार समितिको बैठकमा बोल्दै उनले भूमि र वन प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्ने विषय भएको बताए ।

स्थानीय र प्रदेशको अधिकार क्षेत्र जोडिने विषयमा संघीय सरकारले ऐन बनाउँदा उनीहरूको स्वीकृति लिनुपर्ने उनको आग्रह छ । विधेयक संविधानको धारा १०९ र अनुसूची ६ विपरीत छ रहेको उनको भनाइ रहेको छ ।

संविधानको धारा १०९ मा संघीय संसदको व्यवस्थापिकीय अधिकारसम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘संघीय संसदको व्यवस्थापकीय अधिकार अनुसूची–५, अनुसूची–७ र अनुसूची–९ बमोजिमको सूचीमा उल्लेख भएबमोजिम हुनेछ ।’

संविधानको अनुसूची– ५ मा संघको अधिकारको सूची छ । अनुसूची ६– मा प्रदेशको अधिकार सूची, अनुसूची–७ मा संघ र प्रदेशको साझा अधिकार सूची र अनुसूची–९ मा संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची छ ।

‘भूमि र वन दुवै प्रदेशको क्षेत्राधिकार भित्रको विषय हो । के प्रदेश सभाको अनुमति लिएर यो विधेयक ल्याइएको हो ?’ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबारको छलफलमा भनेका थिए, ‘यदि होइन भने यो विधेयक संविधानको उल्लंघन र संघीयतामाथिको प्रहार हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?