
News Summary
Generated by OK AI. Editorially reviewed.- कमेडी दरबार टिमले 'क का कि की' नामक फिल्म निर्माण गर्ने घोषणा गरेको छ।
- फिल्ममा गौरी मल्ल, तृप्ती नाड्कर, रेखा थापा र महेश त्रिपाठी शीर्ष भूमिकामा रहनेछन्।
- निर्देशन विक्की अग्रवाल र श्रद्धा प्रसाईंले गर्नेछन् र छायांकन दशैंको टीकापछि सुरु हुनेछ।
काठमाडौं । टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ टिमले अब फिल्म निर्माणमा हात हाल्ने भएको छ । निर्माण टिमले सोमबार ‘क का कि की’ नामक फिल्म निर्माणको घोषणा गरेको हो ।
फिल्म घोषणाको पोस्टर पनि सार्वजनिक गरिएको छ । यसमा गौरी मल्ल, तृप्ती नाड्कर, रेखा थापा र महेश त्रिपाठीलाई चित्रण गरिएको छ । फिल्ममा यी कलाकारको शीर्ष भूमिका हुनेछ ।
‘कमेडी दरबार’का कमेडियनहरू मिस पबी, पवन खतिवडा ‘म्याकुरी’, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारीले पनि अभिनय गर्ने भएका छन् । गौरी चाहिँ शोमा ‘महारानी’को रुपमा छिन् ।
घोषणा गरिएको पोस्टरमा देखाइएका कलाकारको भाव, फिल्मको टाइटल र जनरा अनुसार यो फिल्म कमेडी शैलीमा बन्न लागेको बुझन सकिन्छ ।
निर्देशन विक्की अग्रवाल र श्रद्धा प्रसाईंले संयुक्त रूपमा गर्नेछन् ।
निर्मात्री प्रसाई र सुमित्रा थापाको प्रस्तुतिमा तयार हुन लागेको फिल्मको पटकथा विक्की अग्रवालले लेखेका हुन् भने कथामा विक्कीसहित अग्रवाल, विकास अर्याल र सरोज भण्डारीको समेत लेखन रहनेछ ।
सुदीप बरालले फिल्म खिच्नेछन् । थिम पोस्टर रोयल भीमसेनले तयार गरेका हुन् । वितरण श्री वेंकेटेश, अन्तर्राष्ट्रिय वितरण सेभेन सिज र डिजिटल अधिकार ओएसआर डिजिटलले लिने भएका छन् ।
‘कमेडी दरबार’ सञ्चालन गरिरहेको निर्देशक अग्रवालको टिमको यो पहिलो फिल्मी प्रोजेक्ट हो । निर्देशक अग्रवालका अनुसार छायांकन आगामी दशैंको टीकाको भोलीपल्टबाट सुरु हुनेछ ।
प्रतिक्रिया 4