+
+
Shares

सिम्रिक एयरले दियो विद्यार्थीलाई पोसाक, अभिभावकलाई कफीको बिरुवा

विद्यालयलाई सञ्चालन खर्चसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ । सिन्धु उत्थान केन्द्रले चलाएको उक्त विद्यालय गैरनाफामूलक प्रकृतिको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिम्रिक एयरले सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकास्थित सानो संसार विद्यालयका विद्यार्थीलाई पोसाक र अभिभावकलाई कफीका बिरुवा प्रदान गरेको छ।
  • कम्पनीले उक्त विद्यालयलाई सञ्चालन खर्चसमेत उपलब्ध गराएको छ र विद्यालय गैरनाफामूलक प्रकृतिको रहेको बताइएको छ।
  • सिम्रिक एयरको सहयोगमा गोरखामा अस्पताल निर्माण भइरहेको छ र विद्यालयका विद्यार्थीलाई मनोबल बढाउन तथा अभिभावकलाई आत्मनिर्भर बनाउन सहयोग गरिएको छ।

१२ साउन, काठमाडौं । निजी हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकास्थित सानो संसार विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक र अभिभावकलाई कफीका बिरुवा प्रदान गरेको छ ।

त्यस्तै विद्यालयलाई सञ्चालन खर्चसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ । सिन्धु उत्थान केन्द्रले चलाएको उक्त विद्यालय गैरनाफामूलक प्रकृतिको हो ।

सिम्रिक एयरका प्रबन्ध निर्देशक क्याप्टेन सिद्धार्थजंग गुरुङले पोसाक र कफीको बिरुवा हस्तान्तरण गरेका हुन् ।

जटिल भौगोलिक स्थानमा सञ्चालनमा रहेको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मनोबल बढाउन र अभिभावकलाई नगदे बालीमार्फत आत्मनिर्भर बनाउन यस्तो सहायता प्रदान गरिएको कम्पनीको भनाइ छ । सिम्रिक एयरको सहयोगमा अहिले गोरखामा अस्पताल समेत बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?