
१२ साउन, काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखरा पुगेको खुलेको छ । उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बसेका थिए ।
उक्त होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै होटलबाट चेक आउट गरेर निस्किएका थिए ।
उनका अनुसार तीन वटा कोठा लिएर उनीहरू बसेका थिए । १५/१६ जना नै आएको भए पनि कति जना भन्ने यकिन गर्ने काम भइरहेको उनले बताए ।
यसबारे होटल सञ्चालकले प्रहरीलाई खबर गरिसकेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले पनि उनीहरू पोखराको उक्त होटलमा आएर बसेको पुष्टि गरे ।
‘हो, उहाँहरू आएर बसेको भन्ने थाहा भयो । शनिबार आएर बसेको र आइतबार नै चेकआउट गरेर हिँडेको भन्ने सूचना प्राप्त भएको छ ।’
उनका अनुसार, थप बुझ्ने काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4