 
																			१३ साउन, काठमाडौं । डोल्पाको ठूलोभेरी नगरपालिका–३ धुपीचौरस्थित भेरी नदीको बीच भागमा फसेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
त्रिपुरा सुन्दरी नगरपालिका–६ पालुङ बस्ने ३३ वर्षीय ललित बोहरा, २६ वर्षीय नन्दप्रसाद बोहरा, ३५ वर्षीय लालकुमार बुढा र ३७ वर्षीय श्यामलाल बोहराको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार मंगलबार बिहान दाउरा लिन गएका उनीहरू भेरी नदीको बहाव एक्कासि बढ्दा बीच भागमा फसेका थिए ।
उद्धारपछि उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पामा पठाइएको छ । उनीहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4