+
+
Shares

स्वस्तिकालाई बुवाले बनाइदिए नागरिकता

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते ८:०४

१४ असार, काभ्रेपलाञ्चोक । १४ वर्षदेखि अभिभावकविहीन भएर धुलिखेल नगरपालिका–७ मा रहेको बालगृहमा बस्दै आएकी स्वस्तिका केसीले अभिभावक र नागरिकता दुवै पाएकी छिन् ।

बेवारिसे अवस्थामा बीच बाटोमै छाडेर फरार भएका उनका बुबा बिष्णुराज केसीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१० बाट स्वस्तिकालाई नागरिकता बनाइदिएका हुन ।

स्वस्तिकाकाको नागरिकताको लागि वडाअध्यक्ष निलबहादुर तामाङ र वडा सचिव पुनम भण्डारीको सिफारिसमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाकेले वंशजको आधारमा नागरिकता दिएको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापा र सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले मंगलबार स्वस्तिकालाई नागरिकता हस्तान्तरण गरेका थिए ।

नागरिकताको लागि सिद्धार्थ बालगृहका सञ्चालक सर्मिला श्रेष्ठअभियन्ता अर्जुन भुषालस्वस्तिकालाई सबैभन्दा पहिला आश्रय दिने राधा माकजुका छोरा सुवास माकजुलगायतका व्यक्तिहरू स्वस्तिकाको पुर्ख्यौली गाउँ चौतारा साँगाचोकगढी नगरपालिका-१० खत्रीथोक र प्रशासन कार्यालय पुगेका थिए ।

‘नागरिकताको लागि त्यति सहज थिएन । वडा कार्यालयले सार्वजनिक मुचुल्का खोजेको थियो । तरवडा अध्यक्षले सबै स्थानीय भेला गरेर मुचुल्का तयार गरिदिनुभयो र सहज भयो’अभियनता अर्जुन भुषालले भने ।

वडा अध्यक्ष निलबहादुर तामाङले स्वस्तिकाका बुबा गाउँमा नबसेकोले केही समस्या भए पनि नागरिकता सिफारिसमा स्थानीय गाउँलेहरु सबैले सार्वजनिक मुचुल्कामा हस्ताक्षर गरिदिएर सहयोग गरेको जानकारी दिए ।

स्वस्तिकाका बुबा विष्णु सिन्धुपाल्चोकमा भए पनि उनी कामको सिलसिलामा जिल्ला बाहिरनै बसेका थिए ।

नागरिकता बनाउनका लागि परिवार खोज्न स्वस्तिकालाई आश्रय दिएको सिद्धार्थ बालगृहका सञ्चालक सर्मिला श्रेष्ठले धेरै प्रयास गर्दा पनि कोही पनि सम्पर्कमा नआएपछि सामाजिक अभियन्ता अर्जुन भुसालको सहयोगमा स्वस्तिकाका बुबा र ममीलाई सम्पर्कमा आएका थिए ।

भुसाल धुलिखेल नै आएर सामाजिक सञ्जालमा हालेको भिडियो हेरेर स्वस्तिकाकी आमा मञ्जु केसी (नागरिकतामा कृति गुरुङ) चितवनबाट सम्पर्कमा आएकी थिइन् भने स्वस्तिकाका बुबा धुलिखेलबाट नै सम्पर्कमा आएका थिए ।

बुबा आमा दुवैले छाडेपनि अहिले दुवै जनासँग भेट्न पाएकोमा एकदम खुसी लागेको स्वस्तिकाले बताइन् । ‘मैले बुबा र ममीसँग भेट्छु भनेर सोचेको पनि थिइनँ । भेट्दा खुसी लाग्यो । भेट्नुअघि बुवालाई भेटेर किन बीचबाटोमा छाडेर हिँडेको भनेर प्रश्न गर्छु भन्ने थियो । तर उहाँले भेट्नुभयो । मलाई पहिचान दिनुभयो । यसैमा धेरै खुशी भएँ’स्वस्तिकाले भनिन, ‘म सानै थिएँछाडेको कुरा ठूलो भएपछि मात्र थाहा पाएँ । ठूलो हुँदै गएपछि आफ्नो बुबा-ममी कहाँ होलान भन्ने मनमा खेल्थ्योआज दुवैलाई भेटेर खुशी छु 

धुलिखेल–७ मा बाबुले छाडेर गएपछि स्वस्तिकालाई धुलिखेलकै राधा माकजुले फेला पारिन् । एक वर्ष आफ्नो साथमा राखेर धुलिखेल इङ्गलिस बोर्डिङ स्कुलमा पढाइन् ।

तरराधा धुलिखेलको बसाइ छाडेर अमेरिका जाने भइन् । त्यसपछि स्वस्तिकालाई शर्मिला श्रेष्ठले सञ्चालन गरेको सिद्धार्थ बालगृहमा राखियो ।

उनले सिद्धार्थ बालगृहमा बसेर १० कक्षासम्म धुलिखेलकै सञ्जीवनी नमूना माध्यमिक विद्यालय र ११ र १२ कक्षा बनेपामा रहेको आदर्श विद्या मन्दिरमा अध्ययन गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?