+
+
Shares

१८ वटा ओरिएन्टेसन सेन्टरसँग विभागले माग्याे स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १२:३५

१४ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागले १८ वटा अभिमुखीकरण तालिम प्रदायक संस्था (ओरिएन्टेसन सेन्टर) लाई स्पष्टीकरण सोधेको छ ।

वैदेशिक रोजगारीमा जानै श्रमिकहरुलाई ओरिन्टेशन प्रदान गर्दै आएका संस्थाहरूलाई विभागले अनुगमन गर्दै स्पष्टीकरण माग गरेको हो ।

अनुगमनका क्रममा विभिन्न खालका समस्या देखिएपछि उनीहरूसँग स्पष्टीकरण सोधिएको विभागका सूचना अधिकारी टिकाराम ढकालले जानकारी दिए । त्यसरी स्पष्टीकरण सोधिएकाहरूमा केहीको भौतिक पूर्वाधार नभएको, कसैको जनशक्ति नभएको, कसैको लोकेसन नभेटिएको उनको भनाछ छ ।

‘एक हप्ते स्पष्टिकरण सोधिएको छ । स्पष्टीकरण पेस गर्नुभयो भने कार्यविधि बमोजिम सचेत गराउने कि जरिवाना गराउने के गर्ने अनि त्यसपछि खोल्ने हुन्छ’, ढकालले भने ।

विभागले यो महिना १०० वटा संस्थाको अनुगमन गर्ने तयारी गरेको छ । हाल १४३ वटा संस्थाहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई पूर्वप्रस्थान तालिम प्रदान गर्नका लागि इजाजत लिएका छन् । तीमध्ये हाल १२५ संस्था सक्रिय छन् भने १८ वटा संस्थाको अनलाईन आइटी बन्द गरिएको छ ।

विभागले काठमाडौं बाहिरका संस्थाहरूको हकमा अनलाइनमार्फत अनुगमन गरेको थियो भने काठमाडौंमा कार्यालयमा नै गएर अनुगमन गरेको थियो ।

विभागले गत वर्षदेखि ति संस्थाहरूलाई आईरिस सिस्टम जडान गराएको थियो । उनीहरूको अनलाइनमार्फत समेत अनुगमन सक्ने व्यवस्था मिलाइएको थियो । सोही अनुसार विभागले कतिपय संस्थाहरूको अनलाइनमार्फत समेत अनुगमन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?