+
+
Shares

आँखामा कालोपट्टी बाँधेर मिटर ब्याज पीडितको प्रदर्शन

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ साउन १४ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिटर ब्याज पीडितले काठमाडौं माइतीघरमा आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्।
  • पीडितहरूले मिटर ब्याज साहुको परिचय खुल्ने गरी ब्यानरमा फोटो नै राखेर प्रदर्शन गरेका हुन्।
  • सरकारले आफूहरूको पीडा नदेखेको भन्दै उनीहरूले यस्तो प्रदर्शन गर्न बाध्य भएको बताएका छन्।

१४ साउन, काठमाडौं । मिटर ब्याज पीडितले काठमाडौंको माइतीघरमा आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

मिटर ब्याज साहुको परिचय खुल्ने गरी ब्यानर नै राखेर पीडितहरूले प्रदर्शन गरेका हुन् ।

सरकारले आफूहरूको पीडा नदेखेको भन्दै आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गर्न बाध्य भएको उनीहरूले बताएका छन् ।

सिरहाको लहान नगरपालिका-३ की सीताकुमारी मण्डल र वडा नम्बर-७ का श्याम विश्वकर्मा आँखामा कालोपट्टी बाँधेर माइतीघरमा बसेका छन् ।

लहान नगरपालिका-३ का रामलोचन गुप्ता र लाहान-७ का रामकुमार महतो (रामबाबु) लाई ऋण तिरिसके पनि जग्गा फिर्ता नपाएको भन्दै उनीहरूले काठमाडौं केन्द्रित प्रदर्शन गरेका हुन् ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?