+
+
Shares

नागढुंगा नाका क्षेत्रबाट १४ हजार ७६० क्याप्सुल लागुऔषधसहित २ युवा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते ९:२६
ट्रामाडोल लागुऔषध फाइल फोटो

१५ साउन, काठमाडौं । लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले १४ हजार ७ सय ६० क्याप्सुल ट्रामाडोल लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्साको विन्दवासिनी–५ वस्ने २० वर्षीय राजकुमार पटेल र सोलुखुम्बु घर बताउने १८ वर्षीय नर्बु शेर्पा छन् । उनीहरुको साथबाट नगद ६० हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।

बुधबार मध्यरात करिब १ बजेको समयमा बागमती प्रदेश ०२–०५७ प १५१५ नम्बरको मोटरसाइकल र बा ७२ प ६६२७ नम्बरको स्कुटरलाई नागढुंगा पिप्लामोडदेखि काठमाडौंतर्फ जाने क्रममा जाँच गर्दा लागुऔषध र नगद बरामद भएको प्रहरीको भनाइ छ ।

उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी वृत थानकोटमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?