+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘मिस नेपाल नर्थ अमेरिका’का सुन्दरीसँग फिल्म र करिअरबारे गफिए प्रदीप

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते १४:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता प्रदीप खड्का मिस नेपाल नर्थ अमेरिका २०२५ फिनालेका लागि अमेरिकामा छन् र १९ जना फाइनलिस्टसँग फोटो खिचाएका छन्।
  • प्रदीप खड्का, पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ, अनुपविक्रम शाही, नीति शाह र आँचल शर्मा फिनालेका जज हुन् र न्यूयोर्कमा ग्राण्ड फिनाले आयोजना हुँदैछ।
  • मेरिल्याण्डको बाल्टिमोरमा बन्द शिविरमा सदिक्षाले प्रतिस्पर्धीलाई प्रशिक्षण दिइरहेकी छन् र अगस्ट २ मा क्वीन्सस्थित मेलरोज बलरुममा फिनाले हुनेछ।

काठमाडौं । ‘मिस नेपाल नर्थ अमेरिका २०२५’मा सहभागी हुन अभिनेता प्रदीप खड्का अहिले अमेरिकामा छन् । प्राप्त तस्वीरमा प्रदीपले १९ जना फाइनलिस्टसँग फोटो खिचाएको देख्न सकिन्छ ।

प्रदीप र पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठसहित अनुपविक्रम शाही, नीति शाह र आँचल शर्मा फिनालेका जज पनि हुन् । यी सबै कलाकार फिनालेको लागि न्यूयोर्क पुग्दैछन् ।

अहिले मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बन्द शिविर प्रशिक्षण चलिरहेको छ । शिविरमा सदिक्षाले प्रतिस्पर्धीलाई प्रशिक्षण गराइरहेकी छन् । प्रदीपले आफ्नो अभिनय यात्राको अनुभव सुनाउँदै प्रतिस्पर्धीले सोधेका प्रश्नको जवाफ पनि दिएका छन् ।

सुन्दरीले खड्कासँग फिल्म र करिअरबारे अन्तक्रिया पनि गरे । आयोजक संस्था ड्रिम्स युनिभर्सलका प्रमुख शैलेन्द्र श्रेष्ठले क्लोज क्याम्प राम्रोसँग आयोजना भैरहेको र फिनालेको तयारीमा जुटेको बताए ।

अगस्ट २ मा न्यूयोर्कको क्वीन्सस्थित मेलरोज बलरुममा ग्राण्ड फिनाले आयोजना हुँदैछ । अहिले विभिन्न अमेरिकी राज्यलाई प्रतिनिधित्व गर्दै १९ जना सुन्दरी उपाधिको होडमा छन् ।

आर्या आचार्य (पेन्सिलभेनिया), अमिसा भण्डारी (न्यूयोर्क), आर्या कोइराला (टेक्सास), बिना श्रेष्ठ (जर्जिया), दीपा गुरुङ (कोलोराडो), दीया श्रेष्ठ (न्यूजर्सी), हारा सुवेदी (न्यूयोर्क), कृष्मा सुवेदी (टिनिस), कुस्मिता खड्का (टेक्सास), कुसुम तिमल्सिना (टेक्सास) फाइनलिस्ट छन् ।

साथै, मिङ्मा वाई शेर्पा (कोलोराडो), मुना विष्ट (टेक्सास), नवीना लिम्बु (न्यूयोर्क), प्रतिमा श्रेष्ठ (टेक्सास), सब्बु बजिमय (भर्जिनिया), संस्कृति पाण्डे (कनेक्टिकट), सरिता तामाङ (न्यूयोर्क), स्नेह रुपाखेती (टेक्सास) र सुस्जिता पौडेल (मिनेसोटा) फाइनलिस्ट बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?