+
+
Shares

होन्डा ‘डिओ १२५’ ले उपल्लो डोल्पामा बनायो नयाँ कीर्तिमान

यो यात्रा नेपाली मोटरिङ इतिहासकै एक प्रेरक अध्याय बन्न पुगेको छ । होन्डा डिओ १२५ अब केवल सिटी स्कुटर नभएर, गन्तव्यभन्दा पर पुग्न तयार ‘मिसन कम्प्लिट’ सवारी प्रमाणित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते १६:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • होन्डा डिओ स्कुटर १२५ ले ५ हजार ३ सय मिटर उचाइको ज्याङ्ला पाससम्म साहसिक यात्रा तय गरेर नेपालमा नयाँ कीर्तिमान बनाएको छ।
  • नेपाल एट्थ वन्डर टोलीले स्याकार ट्रेडिङ कम्पनीको सहकार्यमा यो यात्रा सम्पन्न गरेको हो जसले स्कुटरको क्षमता परीक्षण मात्र नभई प्रेरणादायी सन्देश पनि दिएको छ।
  • होन्डा डिओ १२५ मा १२३.९२ सीसी बीएस सिक्स इन्जिन, इन्ह्यान्स्ड स्मार्ट पावर, कम्बाइन्ड ब्रेकिङ सिस्टम लगायत अत्याधुनिक प्रविधि समावेश गरिएको छ।

काठमाडौं । दुई पाङ्ग्रे सवारीसाधन होन्डाले नेपालमा नयाँ कीर्तिमान बनाएको छ ।

५ हजार ३ सय मिटर उचाइको उपल्लो डोल्पामा होन्डाको ‘डिओ स्कुटर १२५’ मार्फत ज्याङ्ला पाससम्मको साहसिक यात्रा तय गरेर कीर्तिमान निर्माण गरेको कम्पनीले जनाएको छ ।

यो कीर्तिमानी यात्रा नेपाल एट्थ वन्डर (आठौं आश्चर्य) टोलीले स्याकार ट्रेडिङ कम्पनी प्रालिको सहकार्यमा होन्डा डिओ १२५ स्कूुर मार्फत सम्पन्न गरेको हो ।

सहरी यात्राका लागि निर्मित स्कुटरले हिमाली भूपरिधिमा प्रवेश गरेर देखाएको प्रदर्शनीले नेपाली मोटर यात्राको सीमालाई नै पुनः परिभाषित गरिदिएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार काठमाडौंदेखि डोल्पासम्मको यात्रा, जोमसोम, भेरोल, धो तराप हुँदै ज्याङ्ला पाससम्म पुगेको यो मार्ग सहज थिएन ।

यात्रामा लगातार उकालो, ढुंगे बाटाहरू, खोला र बगर पार गर्दै, अक्सिजनको न्यूनता झेल्दै होन्डा डिओ १२५ ले कुनै ठूला यान्त्रिक समस्याविना यो यात्रा सम्पन्न गरेको हो ।

यस असाधारण सफलता, स्कुटरमा समावेश १२३.९२ सीसी बीएस सिक्स इन्जिन, इन्ह्यान्स्ड स्मार्ट पावर (ईएसपी), साइलेन्ट स्टार्ट विथ एसीजी, आइडेलिङ प्रणाली, कम्बाइन्ड ब्रेकिङ सिस्टम (सीबीएस) लगायत अत्याधुनिक प्रविधिको परिणाम भएको कम्पनीको दाबी छ ।

साथै, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, थ्री–स्टेप एडजस्टेबल रियर सस्पेन्सन, डिजिटल मिटर, यूएसबी चार्जिङ पोर्ट र ठूलो बुट स्पेसजस्ता फिचरले लामो र चुनौतीपूर्ण यो यात्रालाई सहज बनाएको नेपाल एट्थ वन्डरले जनाएको छ ।

नेपाल एट्थ वन्डर टोलीका अनुसार यो यात्रा केवल स्कुटरको क्षमता परीक्षण मात्र थिएन, यो एक प्रेरणादायी सन्देश पनि हो ।

टोलीले भनेको छ, ‘यदि तपाईंको साथमा सही सोच, समर्पित टोली र एक भरोसायोग्य सवारी छ भने कुनै पनि दुर्गम गन्तव्य टाढा हुँदैन ।’

टोलीका अनुसार यो यात्रा नेपाली मोटरिङ इतिहासकै एक प्रेरक अध्याय बन्न पुगेको छ ।

होन्डा डिओ १२५ अब केवल सिटी स्कुटर नभएर, गन्तव्यभन्दा पर पुग्न तयार ‘मिसन कम्प्लिट’ सवारी प्रमाणित भएको छ ।

स्याकार ट्रेडिङ कम्पनी प्रालि ५७ वर्षदेखि जापानको होन्डा मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक हो ।

स्याकार ट्रेडिङले यो सफलतालाई नेपाली भूगोल, साहसिकता र होन्डाको विश्वस्त इन्जिनियरिङको सम्मिश्रणका रूपमा लिएको विज्ञप्तिमा जनाएको छ ।

कम्पनीले भविष्यमा पनि नेपाली सडक, मौसम र यात्राको आवश्यकता अनुसार उच्च गुणस्तरीय सवारीसाधन निरन्तर उपलब्ध गराउँदै जाने प्रतिबद्धता दोहोर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?