
News Summary
Generated by OK AI. Editorially reviewed.- बिहीबार सेयर बजारमा कुल १५ अर्ब ९८ करोडको कारोबार भएको छ।
- टप १० ब्रोकर कम्पनीले कुल कारोबारको ३४.५ प्रतिशत हिस्सा ओगटेको छ।
- सेयर बजार ३१.५० अंकले घटेर २९२२ अंकमा कायम भएको छ।
बिहीबार सेयर बजारमा कुल १५ अर्ब ९८ करोडको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३४.५ प्रतिशत रह्यो ।
टप १० ब्रोकर कम्पनीमार्फत ५ अर्ब ५२ करोड रुपैयाँको धितोपत्र खरिद हुँदा ५ अर्ब ४९ करोड रुपैयाँको बिक्री भएको छ । टप १० ब्रोकरमध्ये ६ मार्फत बिक्री धेरै भएको छ भने ४ मार्फत खरिद बढी भएको छ । नासा, इम्पेरियल, दक्षिणकाली, आर्यतारा, दिपशिखा तथा त्रिशक्तिमार्फत बिक्री धेरै भएको छ ।
त्यस्तै भिजन, अनलाइन, सनी र डायनामिकमार्फत खरिद धेरै भएको छ । टप १० ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, लुम्बिनी विकास बैंक, ङादी ग्रुप, शिवश्री हाइड्रोपावर, साहस ऊर्जा लगायत छन् ।
बिहीबार सेयर बजार ३१.५० अंक घटेको हो । सो गिरावटपछि २९२२ अंकमा कायम भएको छ । हिजो र आज गरी ८० अंकले बजार घटेको छ । मंगलबार ३००२ अंकमा पुगेको थियो ।
प्रतिक्रिया 4