+
+
Shares

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

बिहीबार प्रदेशसभा बैठकमा ४५ जना सहभागी रहेकोमा मुख्यमन्त्री शाहको पक्षमा ३० र विपक्षमा १५ मत खसेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते १९:५०
फाइल तस्वीर

१५ साउन, काठमाडौं। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।

बिहीबार प्रदेशसभा बैठकमा ४५ जना सहभागी रहेकोमा मुख्यमन्त्री शाहको पक्षमा ३० र विपक्षमा १५ मत खसेको छ ।

प्रदेश सभामा एमाले ११ र कांग्रेस १८ गरेर २९ रहेकोमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले पनि मत दिएका छन् ।

कैलाश रञ्जिता श्रेष्ठ पक्षधर हुन् खुसीराम डगौरा थारू रेशम पक्षका हुन् । खुसीरामले मुख्यमन्त्री शाहको विपक्षमा मतदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?