
News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङको गल्छी गाउँपालिका–४ बेल्खुस्थित पृथ्वी राजमार्गमा ट्याङ्करले दुई सवारीसाधनमा ठक्कर दिँदा सात जना घाइते भएका छन्।
- घाइतेमध्ये तीनको अवस्था गम्भीर र चारको मध्यम रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
- ट्याङ्कर चालक सतिष बर्तौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ र घाइतेलाई काठमाडौँ ट्रमा सेन्टर रिफर गरिएको छ।
१६ साउन, धादिङ। धादिङको गल्छी गाउँपालिका–४ बेल्खुस्थित पृथ्वी राजमार्गमा आज ट्याङ्करले दुई सवारीसाधनमा ठक्कर दिँदा सात जना घाइते भएका छन् ।
चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८१७५ नम्बरको माइक्रोबस र बागमती प्रदेश ०१–०३२ च ०१४८ नम्बरको गाडीलाई काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख २८२८ नम्बरको ट्याङ्करले ठक्कर दिएको हो । माइक्रोमा सवार १३ जनामध्ये सात जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार घाइतेहरू चन्दा गौतम, भीमकुमारी भट्ट, शारदा परियार, सन्दीप सुनार, सिर्जना पचभैया, जमुना पचभैया र धनबहादुर खड्का रहेका छन् । तीन जनाको अवस्था गम्भीर छ भने चार जनाको अवस्था मध्यम प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिए ।
घाइतेलाई प्रारम्भिक उपचारपछि काठमाडौँ ट्रमा सेन्टर रिफर गरिएको छ । ट्याङ्कर चालक सतिष बर्तौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्याङ्करसहित तीन वटै सवारीसाधन घटनास्थलमै रहेका छन् ।
प्रतिक्रिया 4