+
+
Shares

प्रचण्ड भन्छन् : माओवादीहरुलाई एक हुन नदिन ज्यान छोडेर लागेका छन्

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते ११:०१

१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादी धारालाई एकताबद्ध गर्ने प्रयास जारी रहेको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनयुद्धका शहीदहरुको बलिदान र पीडाहरुलाई साँची राखेर एकता प्रयास जारी राखेको बताएका हुन् ।

‘यी शहीदहरु, बलिदानहरु, यातनाहरु, पीडाहरुलाई अगाडि राखेर फेरि सबै माओवादी धाराहरु र सबै सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध गर्ने हामीले प्रयास गरेका छौं र यो प्रयास हामी जारी राख्छौं ।’

माओवादीहरु र वामपन्थीहरु एक हुन थालेपछि एकता हुन नदिन प्रतिक्रियावादीहरु पनि ज्यान छोडेर लागेको प्रचण्डको आरोप छ । ‘तर, एकता हुन नदिनका निम्ति प्रतिक्रियावादीहरु पनि ज्यान फालेर लागेका छन्’, उनले भने, ‘कसले जित्छ यो ब्याटल ? अन्तिममा यो मुठभेडमा क्रान्तिकारी र जनताले जित्ने हो कि प्रतिक्रियावादी र अवसरवादीले भन्ने कुराको फैसला अहिले नै भइसकेको छैन ।’

प्रचण्डले एकताबद्ध हुन नसके, आफूलाई हिजोका सपना र शहीदका सपनाहरुसँग जोड्न नसके प्रतिक्रियावादीहरुले हालसम्म प्राप्त उपलब्धि पनि उल्ट्याइदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?