
News Summary
Generated by OK AI. Editorially reviewed.- मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
- जलवीरे नजिकै खसेको पहिरो पन्छाइएसँगै सडकमा दुईतर्फी आवागमन सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
- पहिरो खस्दा सोमबार दिउँसो २ बजेतिर आवागमन एकतर्फी सञ्चालन गरिएको थियो र अहिले मेसिन परिचालन गरी पहिरो हटाई आवागमन दुवैतर्फ सञ्चालन भैसकेको छ।
१९ साउन, काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । जलवीरे नजिकै खसेको पहिरो पन्छाइएसँगै सडकमा दुईतर्फी आवागमन सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार दिउँसो २ बजेतिर पहिरो खस्दा आवागमन एकतर्फी सञ्चालन गरिएको थियो ।
मेसिन परिचालन गरी पहिरो हटाई हाल आवागमन दुवैतर्फ सञ्चालन भैसकेको र यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएको हुनाले जानकारी लिएर मात्रै सुरक्षित यात्रा गर्न अनुरोध गरिएको छ ।
तस्वीर : सुपरभाइजर ईश्वर क्षेत्री
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4