
News Summary
Generated by OK AI. Editorially reviewed.- चुरे संरक्षण गर्न र सुक्खापीडित किसानलाई क्षतिपूर्ति दिन काठमाडौंमा 'चुरे तथा वन जंगल संरक्षण अभियान नेपाल'को अगुवाइमा प्रदर्शन भएको छ।
- प्रदर्शनकारीले चुरे वनजंगल संरक्षण गर, जीवन बाँच्न पानी देऊ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर टुँडिखेल परिक्रमा गरेका थिए।
- उनीहरूले चुरे दोहन रोक्न, खोलामा चेकड्याम बनाउन, सुक्खापीडितलाई राहत दिन र दोहन गर्नेलाई वन ऐनअनुसार कारबाही गर्न माग गरेका छन्।
१९ साउन, काठमाडौं । चुरे संरक्षण गर्न र सुक्खापीडित किसानहरुलाई क्षतिपूर्ति दिन माग गर्दै आज काठमाडौंमा प्रदर्शन भएको छ ।
‘चुरे तथा वन जंगल संरक्षण अभियान नेपाल’को अगुवाइमा चुरे संरक्षणकर्मीहरुले काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले चुरे वनजंगल संरक्षण गर, जीवन बाँच्न पानी देऊ, लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरुले टुँडिखेल परिक्रमा गरेका थिए ।
चुरे विनासका कारण तराई मधेशमा पानीको संकट निम्तिएको उनीहरुको भनाइ छ । सुक्खाग्रस्त क्षेत्रमा डिपबोरिङ दिगो समाधान नभएको उनीहरुको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाको समस्या समाधान गर्न ५०० डिपबोरिङ गर्ने घोषणा गरेका थिए ।
उनीहरुले सुक्खापीडित किसानहरुलाई तत्काल राहत तथा क्षतिपूर्ति दिन, चुरे दोहन रोक्न, खोलाहरुमा चेकड्याम निर्माण गर्न, पोखरीहरुलाई प्राकृतिक तरिकाले संरक्षण गर्न, दोहन गर्नेहरुलाई वन ऐन–कानुनअनुसार कारबाही गर्न पनि माग गरेका छन् ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4