२० साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले कुलिङ पिरियडको प्रावधान राख्ने विषयमा भएको गडबडीले सांसदहरूकै भूमिकामा प्रश्न उठेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कुलिङ अफ पिरियडको विषयले संसद्कै धज्जी उडेको टिप्पणी गरे ।
‘संघीय निजामती विधेयकमा कुलिङ अफ पिरियडबारे गरिएको विषयको विवादले संसद्को धज्जी उडेको छ भने सांसदहरूको भूमिका माथि समेत प्रश्न उठेको छ ।’
यो विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज मात्रै प्रतिवेदन पास गरेर सभामुख देवराज घिमिरेलाई बुझाएको छ ।
उक्त समितिमाथि ठूला दलका ठूला नेता र उच्च पदस्थ कर्मचारीबाट हस्तक्षेप भएको भनेर विषय आएको भनेर पनि उनले आपत्ति जनाए ।
प्रतिक्रिया 4