+
+
Shares

कर्णालीको मर्मस्पर्शी कथामा सौगात र बेनिशाको ‘रातो पछ्यौरी’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'सिटामोल'को नयाँ गीत 'रातो पछ्यौरी' युट्युबमा सार्वजनिक भएको छ।
  • गीतमा अञ्जना खतिवडा र रवि ओडको स्वर, बाबुल गिरीको शब्द, संगीत र संयोजन छ।
  • राजबहादुर साने निर्देशित फिल्ममा सौगात मल्ल र बेनिशा हमाल मुख्य भूमिकामा छन्।

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ युट्युबमा सार्वजनिक भएको छ ।

गीतमा अञ्जना खतिवडा र रवि ओडको स्वर छ । बाबुल गिरीको शब्द, संगीत र संयोजन छ ।

गीतले नेपाली मौलिकता झल्काउने र फिल्मको कथा भावलाई थप सशक्त बनाउने विश्वास निर्माताको छ ।

यसअघि सार्वजनिक गीत, पोस्टरले समेत दर्शकको ध्यान राम्रैसँग तानेको देखिन्छ । राजबहादुर साने निर्देशित फिल्ममा सौगात मल्ल र बेनिशा हमाल मुख्य भूमिकामा छन् ।

श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेलको पनि अभिनय छ ।

तुल्सीदेवी फिल्म प्रालिको निर्माण र जुनतारा फिल्म्सको सहकार्यमा फिल्म बनेको हो । पटकथा प्रदीप भारद्धाज र सानेले लेखेका हुन् ।

सिमोस सुनुवारको प्रस्तुति, भूगोलकुमार कार्की र विकासराज जोशीकोे निर्माण रहेको फिल्ममा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता छन् । गंगाराम श्रेष्ठको सहनिर्माण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?