
News Summary
Generated by OK AI. Editorially reviewed.- कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकास विभागलाई विकास निर्माणका काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।
- सिंहले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति ६५ प्रतिशतमात्र देखिएकोमा असन्तुष्टि जनाउँदै सुधार गर्न भने।
- सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले योजना दोहोरिन नदिन प्रदेश र स्थानीय तहसँग समन्वय गर्न विभागलाई निर्देशन दिए।
२१ साउन, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका काम समयमै सक्न मातहत निकायलाई निर्देशन दिएका छन् ।
स्थानीय पूर्वाधार तथा विकास विभागको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा बुधबार उनले विभागलाई विकास निर्माणका आयोजना समयमा सम्पन्न गर्ने गरी काम गर्न आह्वान गरे ।
सहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभागले सडक पूर्वाधार, झोलुंगे पुल, सडक पुल, स्थानीय तहको प्रशासकीय भवन र साना सिँचाइ आयोजनामा काम गर्छ ।
‘विकास निर्माण र पूर्वाधारसँग सम्बन्धित काम समयमा सकियोस् भन्ने जनताको चाहना पूरा गर्ने गरी काम गर्नतिर लाग्नुस् । त्यसका लागि मनत्रालयबाट गर्नुपर्ने केही छ भने भन्नुहोला । मन्त्रालयबाट गर्नुपर्ने काम गर्छौं ,’ उनले भने ।
गत वर्ष विभागको समग्र प्रगति ६५ प्रतिशतमात्र देखिएकोमा असन्तुष्टि जनाउँदै उनले विगतका कमजोरी पहिचान र समाधान गर्दै आगामी वर्ष उल्लेखनीय वृद्धि गर्नुपर्ने बताए ।
उनले अघिल्लो वर्षको समीक्षाबाट सिक्दै आगामी वर्षका योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न समयमै काम सुरु गर्न पनि निर्देशन दिए ।
कार्यवाहक प्रधानमन्त्री सिंहले स्थानीय पूर्वाधार विकास विभागले चालु वर्ष गर्ने योजना समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव गोपाल सिग्देलले कतिपय योजना दोहोरिएको भन्दै आयोजना क्षेत्र प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय गरी सुनिश्चित गरेर मात्रै काम अगाडी बढाउन विभागलाई निर्देशन दिए ।
प्रतिक्रिया 4