+
+
Shares

प्रधानमन्त्री ओली र वाइपाका कार्यकारी निर्देशक इर्साहीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २१ गते १७:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीसँग वाइपाका कार्यकारी निर्देशक इजमाइल इर्साहीले भेट गरेका छन्।
  • प्रधानमन्त्री ओलीले आजै तुर्कमेनिस्तानका राष्ट्रपति सेरदारसँग भेट गरी नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका छन्।
  • भेटवार्तामा दुईपक्षीय हित, सहयोग र सहकार्यसहित दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको थियो।

२१ साउन, काठमाडौं । तुर्कमेनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानी प्रवर्द्धनसम्बन्धी निकायको विश्व संघ (वाइपा) का कार्यकारी निर्देशक इजमाइल इर्साहीले शिष्टाचार भेट गरेका छन् ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा उनीहरूबीच आज साइडलाइन भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओलीले आजै तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभसँग भेट गरेका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सेरदारलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका थिए ।

भेटपछि दुवै मुलुकका सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले दुईपक्षीय हित, चोसो, सहयोग र सहकार्यसहित दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ र उपलब्धिमूलक बनाउन लगायत विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?