+
+
Shares

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई गोकर्ण फरेस्ट रिसोर्टमा विशेष छुट

एनआईएमबीले आफ्ना ग्राहकको सुविधालाई प्राथमिकता दिँदै यस्ता विविध छुट योजना तथा सहकार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २१ गते १९:१७

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) का ग्राहकले काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा विशेष छुट पाउने भएका छन् । छुट दिने विषयमा बैंक र रिसोर्टबीच आपसी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार बैंकका डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) प्रयोगकर्ताले गोकर्ण फरेस्ट रिसोर्टमा उपलब्ध फुड एन्ड
बेभरेज र स्पा सर्भिसमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस सहकार्यको मुख्य उद्देश्य ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्नुका साथै डिजिटल कारोबार प्रोत्साहन गर्नु रहेको बैंकले जनाएको छ ।

एनआईएमबीले आफ्ना ग्राहकको सुविधालाई प्राथमिकता दिँदै यस्ता विविध छुट योजना तथा सहकार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?