+
+
Shares

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४१ औं वर्षमा प्रवेश गरेको अवसरमा ग्राहक, सेयरधनी, नियामक निकाय र कर्मचारीप्रति आभार प्रकट गरेको छ।
  • बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले आगामी दिनमा पारदर्शी, जिम्मेवार र नवप्रवर्तनमुखी बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो।
  • बैंकले ४० औं वार्षिकोत्सवमा आठौं संस्करण '३ आर सुन्दर संसार' नामक चित्रकथा पुस्तक सार्वजनिक गर्दै वातावरण संरक्षणमा बालबालिकालाई सचेत बनाउने प्रयास गरेको छ।

१४ फागुन, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले ग्राहक, सेयरधनी, नियामक निकाय, साझेदार संस्था तथा सम्पूर्ण कर्मचारीको निरन्तर विश्वास र सहयोगका लागि आभार प्रकट गरेको छ ।

वार्षिकोत्सव अवसरमा अध्यक्ष पृथ्वी बहादुर पाँडेले बैंकको सफल यात्रामा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गरे ।

ग्राहक, सेयरधनी, नियामक निकाय, साझेदार संस्था तथा सम्पूर्ण कर्मचारीको निरन्तर विश्वास र सहयोगका आधारमा वित्तीय क्षेत्रमा बैंकको उपस्थिति सशक्त बनेको उनले बताए । आगामी दिनमा अझ पारदर्शी, जिम्मेवार र नवप्रवर्तनमुखी बैंकिङ सेवा प्रदान गर्ने उनले प्रतिबद्धता जनाए ।

यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले डिजिटल रुपान्तरणलाई तीव्रता दिँदै ग्राहकलाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाउने दिशामा अग्रसर रहने बताए ।
‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यस बैंकले ग्राहकको सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवाहरु प्रस्तुत गरिरहने उनको भनाइ छ ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारी विगत ८ वर्षदेखि वित्तीय साक्षरतामा आधारित चित्र पुस्तक प्रकाशन गर्दै आएको छ । यस ४० औं वार्षिकोत्सवमा पनि बैंकले आठौं संस्करण ‘३ आर सुन्दर संसार’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरेको छ ।

बैंकले यो चित्रकथा वातावरणीय प्रदूषण, प्राकृतिक स्रोतको संरक्षण र ग्लोबल वार्मिङ जस्ता विषयलाई समेटी सरल, रमाइलो र ज्ञानबद्र्धक शैलीमा प्रस्तुत गर्ने जमर्को गरेको छ ।

‘वातावरणमा भइरहेको तीव्र परिवर्तनले हाम्रो स्वास्थ्य, भविष्य र सुन्दर पृथ्वीलाई गम्भीर चुनौती दिइरहेको छ’ बैंकले एक विज्ञप्तिमा भनेको छ ‘यही कारण, बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै बालबालिकालाई सचेत बनाउन यो पुस्तक प्रकाशित गरिएको हो ।’

यसैबीच, वार्षिकोत्सव दिवसका अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुको सहभागिता थियो ।

बैंकका हाल देशभर २६९ शाखा, २५७ एटीएम, ६५ एक्सटेन्सन काउन्टर, ६० शाखारहित बैंकिङ काउन्टरबाट सेवा प्रवाह भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?