
News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरस्थित बालसुधार गृहमा बुधबार दिउँसो बाल बिज्याइँकर्ता र प्रहरीबीच झडप भएको छ।
- झडपमा एकजना वरिष्ठ प्रहरी हवल्दार घाइते भएका छन् र थप प्रहरी परिचालन गरिएको छ।
- बालसुधार गृहमा २४९ जना बालकहरू छन् र मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाको नेतृत्वमा टोली खटिएको छ।
२८ साउन, विराटनगर। विराटनगरस्थित बालसुधार गृहमा झडप भएको छ। बुधबार दिउँसो बाल बिज्याइँकर्ता र प्रहरीबीच झडप भएको हो।
झडपमा परी एकजना वरिष्ठ प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले जानकारी दिए ।
सुधार गृहमा थप घटना हुन नदिनका लागि थप प्रहरी परिचालन गरिएको छ ।
घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाको नेतृत्वमा टोली खटिएको छ। सुनारका अनुसार अहिले अवस्था सामान्य छ ।
सुधार गृहमा २४९ जना बालकहरू छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4