News Summary
Generated by OK AI. Editorially reviewed.- स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन ३ भदाै १ देखि ६ गते राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने भएको छ।
- प्रतियोगितामा १० टिमले सहभागिता जनाउनेछन् र पुरस्कार रकम ६ लाख रुपैयाँ पुगेको छ।
- यस सिजन भारत, चीन, पाकिस्तान र ताइवानका महिला र पुरुष विदेशी खेलाडीहरू सहभागी हुनेछन्।
२८ साउन, काठमाडौं । स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा स्टयाग ग्लोबल च्याम्पियन्स लिग सिजन थ्री आउने भदाैमा हुने भएको छ ।
अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत हुने यस प्रतियोगिता भदाै १ देखि ६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।
यसपटक टिम संख्या देखि पुरस्कार राशी पनि बढेको आयोजकले जनाएको छ । गत संस्करणमा ८ टिमले खेलेकोमा यसपटक १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।
स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीकी प्रबन्ध निर्देशक तथा पूर्व राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले यश पटक धेरै फरक रहेको बताईन् ।
‘तेस्रो सिजन ग्राण्ड हुनेछ । भेन्यु पूर्ण रुिमा फरक हुनेछ । लाईटिङ लगायत कुराहरु फरक हुनेछ । स्टलहरु हुनेछ । गत वर्ष पुरस्कार ४ लाख हुने यश पटक ६ लाख पुगेको छ । यो फरक हो ।’ श्रेष्ठले यस सिजन भारतसहित चीन पाकिस्तान र ताईवानबाट खलाडीहरु आउने जानकारी दिइन् ।
छ दिन सम्म चल्ने यस मिक्स टिम लिग प्रतियोगितामा याला टेबलटेनिस, होप्स टेबल टेनिस एकेडेमी, एभीएम टेबल टेनिस क्लब, द ड्रागन्स टेबल टेनिस क्लब, कीर्तिपुर नगरपालिका, भर्टेक्स नेपाल टेबल टेनिस क्लब, ओल्ड हाउस रेस्ट्रो, टप स्पीन टेबल टेनिस गुड्स नेपाल, खोल्चा पुखु खेलकुद समिति र आयोजक स्टाग च्याम्पियन्स टेबल टेनिस एकेडेमी गरी जम्मा १० टिमले सहभागिता जनाउने छन् ।
लिगमा सहभागी हुने हरेक टिममा एक महिला र एक पुरुष विदेशी खेलाडी अनुबन्ध भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको अनुमानित बजेट ३० लाख रुपैया रहेको छ । यस प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. तीन लाख रुपैयाँ सहित रनिङ्ग ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् भने द्वितीय हुने टिमले नगद रु. एक लाख पचास हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् र तृतीय हुने (दुवै सेमिफाइनलिष्ट) टिमले नगद रु. पचहत्तर हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन्।
प्रतियोगिताको मुख्य प्रायोजकमा स्ट्याग ग्लोबल, सह-प्रायोजकमा समाजसेवी तथा अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष सुमन खड्गी, मेटल शेपर्स, मेटलवूड नेपाल, बागमती प्रदेश खेलकुद विकास परिषद्, डेल्टा अटोकर्फ, सेलट्रोन नेपाल प्रालि र कल मोबिलिटी प्रालि (हुआवेई) रहेका छन् ।
प्रतिक्रिया 4