+
+
Shares

प्राइम कमर्सियल बैंकको नाफा १४ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते ९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्राइम कमर्सियल बैंकको गत आर्थिक वर्षको खुद नाफा १४.८ प्रतिशत बढेर ४ अर्ब २ करोड रुपैयाँ पुगेको छ।
  • बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ७ अर्ब ८८ करोडभन्दा बढी हो।
  • बैंकको नोक्सानी व्यवस्थापन रकम १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ६३ करोडभन्दा कम हो।

३० साउन, काठमाडौं । प्राइम कमर्सियल बैंकको नाफा १४.८ प्रतिशत बढेको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ४ अर्ब २ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ३ अर्ब ४७ करोड रुपैयाँ थियो ।

खुद ब्यज आम्दानी पनि बढेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ७ अर्ब ८८ करोड रहेकोमा गत आर्थिक वर्षमा ८ अर्ब ८२ करोड छ । खुद ब्याज आम्दानी बढ्दा नै नाफामा बढी योगदान मिलेको देखिन्छ ।

बैंकको नोक्सानी व्यवस्थापन रकम (इम्पेरिमेन्ट चार्ज) केही घटेको छ । यस्तो रकम अघिल्लो आर्थिक वर्ष १ अर्ब ६३ करोड रहेकोमा गत आर्थिक वर्ष १ अर्ब ४१ करोड रुपैयाँ छ ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी २० रुपैयाँ ७४ पैसा छ । असार मसान्तसम्म वितरणयोग्य नाफा २ अर्ब ७८ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा १४ रुपैयाँ ३३ पैसा हो । प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ रहेको यस कम्पनीको अन्तिम सेयर मूल्य २५०.७४ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?