+
+
Shares

एकीकृत समाजवादीमा बामदेव वरिष्ठ नेता, तुलसी पोलिटब्यूरो सदस्य

९ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी

डीबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते १२:४७

३० साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले बामदेव गौतमको एकता अभियानबाट पार्टीमा आएकाहरूलाई जिम्मेवारी तोकेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेता गौतमलाई स्वागत गर्दै उनको एकता अभियानबाट आएकाहरूलाई जिम्मेवारी दिइएको हो ।

जस अनुसार गौतमले वरिष्ठ नेता पाएका छन् । उनलाई पार्टीको तेस्रो वरीयतामा राखिएको छ ।

त्यस्तै, डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिइएको छ ।

अन्य ९ जनालाई भने केन्द्रीय सदस्य बनाइएको छ ।

केन्द्रीय सदस्यको जिम्मेवारी पाउनेहरूमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहम्मद शेर बागवान रहेका छन् ।

गौतमको शपथ ग्रहण पनि सम्पन्न भइसकेको एकीकृत समाजवादीले जनाएको छ ।

लगत्तै अहिले पार्टी सचिवालय बैठक सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?