
३० साउन, काठमाडौं । मिस नेपाल सौन्दर्य प्रतियोगिताको आयोजक द हिडन ट्रेजरले यस वर्षको कार्यक्रममा ‘मिस कोस्मो’ सुरुवात गरेको छ ।
मिस कोस्मोसँगको सहकार्यले नेपालमा विश्वको सबैभन्दा ठूलो क्लेफ्ट (ओठे तालु फुटेका) केन्द्रित संस्था स्माइल ट्रेनसँग एक प्रमुख अन्तर्राष्ट्रिय पहल भित्रिएको जनाएको छ ।
स्माइल ट्रेनले विश्वभरिका बालबालिकालाई निःशुल्क क्लेफ्ट शल्यक्रिया र हेरचाह गर्न स्थानीय चिकित्सकलाई तालिम, कोष र आपूर्ति प्रदान गर्दछ ।
बर्जर पेन्ट्सले मिस कोस्मोसँगको सहकार्यले सुरक्षित र किफायती क्लेफ्ट उपचारबारे जागरुकता जगाउने लक्ष्य राखेको छ । यसले हजारौं बालबालिकालाई आत्मविश्वास साथ मुस्कुराउन प्रेरित गर्ने कम्पनीको भनाइ छ ।
यस उद्देश्यको सहकार्यमा बर्जर पेन्ट्सले एक विशेष अन्तर्क्रिया सत्र क्लेफ्ट पीडित बालबालिकाप्रति समर्पित रहेर आयोजना गरेको छ । बर्जर पेन्ट्सले मिस नेपाल २०२५ का अन्तिम प्रतियोगीहरूसँगै रमाइलो, हेरचाह र रचनात्मकता तरिकाले भरिपूर्ण आधा दिनको गतिविधि सञ्चालन गरेको छ ।
यस कार्यक्रममा उपस्थित बालबालिकाले कलाका किताबहरू रंगाउँदै रमाइलो गरे भने उनीहरूलाई विभिन्न परिकार र उपहार पनि प्रदान गरियो ।
प्रतिक्रिया 4