+

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको चितवन समिति गठन

२०८२ साउन  ३१ गते १४:२७ २०८२ साउन ३१ गते १४:२७
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको चितवन समिति गठन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्केटिङ तथा स्केटबोर्ड एसोसिएसनको चितवन जिल्ला समिति गठन भएको छ।
  • नवगठित समितिको नेतृत्व सुश्मिता श्रेष्ठले गर्नेछिन् र अन्य पदाधिकारीहरू चयन भएका छन्।
  • समितिले चितवनमा स्केटिङ खेलको प्रवर्द्धन, प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

३१ साउन, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्ड एसोसिएसनको चितवन जिल्ला समिति गठन भएको छ। भरतपुरमा भएको कार्यक्रममा बागमती प्रदेश स्केटिङका अध्यक्ष विकास लामाको प्रमुख आतिथ्य र जिल्ला खेलकुद विकास समितिका प्रतिनिधिहरूको उपस्थितिमा नयाँ समिति चयन गरिएको हो।

नवगठित समितिको नेतृत्व सुश्मिता श्रेष्ठले गर्नेछन्। समितिमा आशिम हमाल र गौरी गुरुङ उपाध्यक्ष, निसेश अधिकारी सचिव, खिश माया गुरुङ कोषाध्यक्ष, शान्ति श्रेष्ठ संयुक्त सचिव तथा कपिल श्रेष्ठ, भीम बहादुर राई र सुमिता सिंह सदस्य रहेका छन्।

समितिले चितवनमा स्केटिङ तथा स्केटबोर्ड खेलको प्रवर्द्धन, प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। उपस्थित पदाधिकारीहरूले खेलमार्फत युवाको सहभागिता बढाउने संकल्प पनि व्यक्त गरेका छन्।

यो कदमले जिल्लामा स्केटिङ खेललाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ।

स्केटिङ तथा स्केटबोर्ड एसोसिएसन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय