+
टप एण्ड टी-२० सिरिज :

टप एन्ड टी-२० सिरिज : नेपाल र बंगलादेश ‘ए’ भिड्दै

२०८२ साउन  ३१ गते ६:५० २०८२ साउन ३१ गते ६:५०
टप एन्ड टी-२० सिरिज : नेपाल र बंगलादेश ‘ए’ भिड्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको दोस्रो खेलमा बंगलादेश 'ए' सँग खेल्दै छ।
  • डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा नेपाली समयअनुसार सवा २ बजे खेल सुरु हुनेछ।
  • प्रतियोगितामा ११ टोलीले ३६ लिग खेल खेल्नेछन् र नेपालले मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ।

३१ साउन, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै छ ।

डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने बंगलादेश ए को कप्तानमा नुरुल हसन छन् ।

दुवै टोली आ-आफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ए लाई पाकिस्तान शाहीन्सले ७९ रनले हराएको थियो । दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् ।

बंगलादेश ए गत सिजनको उपविजेता टोली हो । टोलीमा अन्तर्राष्ट्रिय अनुभव बटुलिसकेका र हालैको बंगलादेश प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छन् ।

२४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्ने छन् ।

नेपालले यसपछि मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

टप एण्ड टी–२० सिरिज नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय