News Summary
Generated by OK AI. Editorially reviewed.- साविक विजेता लिभरपुलले प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा बर्नमाउथलाई ४-२ गोलअन्तरले हराएको छ ।
- लिभरपुलका हुगो एकिटिक, कोडी गाक्पो, फेडेरिको चिजा र मोहमद सालाहले १-१ गोल गरे ।
- बर्नमाउथका लागि एन्टोइन सेमेन्योले दुई गोल गरे ।
३१ साउन, काठमाडौं । साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।
शुक्रबार राती घरेलु मैदानमा भएको खेलमा लिभरपुलले एएफसी बर्नमाउथलाई ४-२ गोलअन्तरले हराएको हो । लिभरपुलको जितमा हुगो एकिटिक, कोडी गाक्पो, फेडेरिको चिजा र मोहमद सालाहले १-१ गोल गरे ।
बर्नमाउथका लागि दुवै गोल एन्टोइन सेमेन्योले गरे ।
दुई गोलले पछि परेको अवस्थामा पनि पुनरागमन गर्दै खेल बराबरी गरेको बर्नमाउथले अन्तिममा सम्हालिन नसक्दा अंक जोड्न सकेन ।
एन्फिल्डमा भएको खेलको ३७औं मिनेटमा एकिटिकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । गाक्पोले ४९औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।
सेमेन्योले ६४औं र ७६औं मिनेटमा गोल गर्दै बर्नमाउथलाई खेलमा फर्काए । २-२ को बराबरी चलिरहँदा चिजाले ८८औं मिनेटमा गोल गरे भने इन्जुरी समयमा सालाहले गोल गर्दै लिभरपुलको ४-२ को जित पक्का गरे ।
जितसँगै लिभरपुलले ३ अंक जोडेको छ ।
प्रतिक्रिया 4