
३१ साउन, काठमाडौं । भैरहवा कारागारबाट अड्डासार गरेर केहीबेर अघि ललितपुरको नख्खु कारागारस्थित ‘सीआरसी’ ब्लकमा राखिएको छ । विगतमा यही ब्लकमा रौतहट विस्फोटका आरोपी अफताब आलमलाई पनि राखिएको थियो । उनी उच्च अदालतले सफाइ दिएपछि थुनाबाहिर छन् ।
कारागार स्रोतका अनुसार, रविलाई राखिएको ब्लकमा करिब ४ सय कैदीबन्दी राखिएको छ । रविलाई त्यो ब्लकको एउटा छुट्टै कोठामा राख्ने तयारी कारागारको आन्तरिक प्रशासनले गरेको छ ।
आन्तरिक प्रशासन कारागारको कैदीबन्दीले नै चलाउने गर्छन् । नख्खु कारागारका एक अधिकारीले भने, ‘अरु कैदीबन्दीलाई झैं उहाँले पनि सुविधा पाउनुहुन्छ । संरचनाका हिसाबले पनि भैरहवा भन्दा यहाँ सहज र सुरक्षित छ ।’
लामिछानेले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए ।
अदालतले जेठ १६ गते अनुमति दिएको थियो । तर, उनको अड्डासार भने हुन सकेको थिए ।
पछि फेरि गृह प्रशासनले उनलाई नख्खु कारागार सरुवा गर्ने निर्णय गरेको थियो ।
त्यसपछि आजै उनलाई भैरहवाबाट काठमाडौं ल्याइएको थियो । ललितपुरको नख्खु कारागारमा उनलाई पुर्याउँदा समर्थकको भीड लागेको थियो ।
प्रतिक्रिया 4