+

एसियाली शारीरिक सुगठनमा ग्रेस र उर्मिलाले प्रतिस्पर्धा गर्ने

२०८२ भदौ  १ गते १४:११ २०८२ भदौ १ गते १४:११
एसियाली शारीरिक सुगठनमा ग्रेस र उर्मिलाले प्रतिस्पर्धा गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्ने ।
  • भदौ २ देखि ९ गतेसम्म च्याम्पियनसिपमा पुरुष ८५ केजीमा ग्रेस महर्जन तथा महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
  • टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।

१ भदौ, काठमाडौं । एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।

भदौ २ देखि ९ गतेसम्म हुने प्रतियोगिताको पुरुष ८५ केजीमा ग्रेस महर्जन तथा महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

अफिसियलमा दिनेशकुमार राजभण्डारी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा प्रतापकाजी बरिया तथा सहयोगीमा प्रदीप अमात्य र सुनभ सुवेदी रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स शारीरिक सुगठन टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय