+

स्पेनिस लालिगामा बार्सिलोनाको सहज जित

२०८२ भदौ  १ गते ७:४२ २०८२ भदौ १ गते ७:४२
स्पेनिस लालिगामा बार्सिलोनाको सहज जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बार्सिलोनाले स्पेनिस लालिगाको नयाँ सिजनमा मालोर्कालाई ९ खेलाडीमा सीमित पारेर ३-० ले पराजित गरेको छ।
  • राफिन्हा, फेरान टोरेस र लामिन यामालले बार्सिलोनाका लागि गोल गरेका छन्।
  • मालोर्काका मानु मोरलेनेस र भेडाट मुरिक्वीले पहेँलो र रातो कार्ड पाएर खेलबाट बाहिरिएका थिए।

१ भदौ, काठमाडौं । बार्सिलोनाले स्पेनिस लालिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले ९ खेलाडीमा सीमित मालोर्कालाई उसैको मैदानमा ३-० ले पराजित गरेको हो ।

बार्सिलोनाका लागि राफिन्हा, फेरान टोरेस र लामिन यामालले गोल गरे । मालोर्का पहिलो हाफमै ९ खेलाडीमा सीमित भएको थियो । ३३औं मिनेटमा मानु मोरलेनेसले दोहोरो पहेँलो कार्ड पाएर मैदान बाहिरिए भने ३९औं मिनेटमा भेडाट मुरिक्वी रातो कार्ड खाँदै बाहिरिएका थिए ।

खेलको सातौं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । २३औं मिनेटमा फेरान टोरेसले दोस्रो गोल गरे ।

इन्जुरी समयको चौथो मिनेटमा लामिन यामालले तेस्रो गोल गर्दै जित सुनिश्चित गरे ।

स्पेनिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय